कविता : निमन्त्रणा छ बालेन हर्कलाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

✍️ भवानीशंकर चापागाई

मडारिँदै थिए अभावका बादलहरू
चडकिँदै थिए गरिबीका चट्याङहरू
हामी भौंतारिएका थियौं अगुवा खोज्दै
यात्रा सुरु गर्नु थियो
परिवर्तन ल्याउने यात्रा, उज्यालो ल्याउने यात्रा

यसरी
वर्षौंदेखि जन्मभूमिको काखमा बसेर
नेपाली राजनीतिक यात्राको रूप परिवर्त हेरिरहेको छु म
प्रतेक सपनाहरू ओसिलो ओझेलमा परी,
तुसाराले खाएको जमिन जस्तै देखिरहेको छु सधैँ
धेरै धेरै निस्सासिएर पिरोलिएको तन बोकेर भए पनि
कोही न कोही त परिवर्तको घाम बोकेर
आउँछ भन्ने आशामा बाँचेको थिएँ
तिमी जन्मिएका छौ, हाम्रो निमन्त्रणा छ तिमीलाई
तिम्रो आगमनका लागि,
श्रद्धाका राता फूल चढाउँदै परिवर्तको गीत लेखिरहेका छौ
भीर, पखेरा र पाखाहरूमा उज्यालेको प्रकाश देखिरहेका छौ ।

माथि माथि सैलुङ्गेको पाखाभरि
काफलचरी काफल पाक्यो भन्ने गीत गाइरहेकी छन् ।
तल बेंशी र तराईका फाँटभरि जोडी ढुकुर
नछुट्टिने माया लाइरहेका छन्
तिमी अवस्य आउँदै छौ नेपालीका आँखाहरूमा
तराईका फाँट फाँटमा र भीर पहरा अनि पाखाहरूमा
पक्कै पनि तिमी हरेकक्षण प्रेरणाको घाम बनेर झुल्किने छौ
समाज बदल्ने भुइँचालो बनेर ज्वालामुखीको गर्वबाट पड्कने छौ
हुरी बतास बनी शक्तिशाली चट्याङ बनेर चड्कने छौ
तिम्रो आगनमा सुनौलो वर्तमान देखेको छु मैले
हाम्रो सपनाको हिमचुलीमा स्वर्णिम प्रकाशको स्पर्श देखेको छु मैले
अबका साना नानीहरूको तोते बोलीमा पनि
पुलपुलिएको उज्ज्वल भविष्यको गीत देखेको छु मैले

त्यसपछि
हाम्रा धुकधुकीहरूमा तिमी नाचिरहेका हुनेछौ
हाम्रो इतिहासबीच वाह वाह पाई बाँचिरहेका हुनेछौ
त्यसैले आउनू तिमी
निमन्त्रणा छ तिमीलाई
तिमी बेतिथिको छाल टेकेर
समाज बदल्ने भुइँचालो बनेर आउनू
कुहिरो फटाउने आँधीबेरी र हुुरी बनेर आउनू
भ्रष्टचारी र मिचाहा भल बगाउने
उर्लिएको बाढी बनेर आउनू

ADVERTISEMENT

नेपाली संस्कृतिको गुराँस सिउरिँदै चुल्ठोमा
धर्तीको संस्कृतिको थाल बनेर आउनू
विकृति पूर्णरूपमा भित्रिएको विदेशी संस्कारलाई
बगाउने छाल बनेर आउनू
हार्दिक निमन्त्रणा छ तिमीलाई
म, झुप्राका साना जस्केलाबाट चियाउँदै
स्वर्णिम दृश्यको पर्खाइमा बसेको छु
तिमी आउनू

हरदम हाम्रोे अनुभूति र आँखामा बस्ने गरी आउनू
नसा नसामा दौडदै भुटुभित्र पस्ने गरी आउनू
सौन्दर्यको अनुपम आराधनासँगै
गर्वका साथ राष्ट्रियता कस्ने गरी आउनू
बैंसालु सुसेलीमा संस्कृतिका गीत सुसेल्दै
हाम्रो पहिचान बस्ने गरी आउनू

मेरो देश बिरानो नहुने गरी बोक्ने गरी आउनु
युवा मुग्लान भासिँदै निर्वासित हुन रोक्ने गरी आउनू
संस्कृति छोप्ने कुहिराको कम्बल हटाउने गरी आउनू
डाँफे मुनाल गुराँस बुकी फुलेका गीतसँगै
नेपाली मनमा अटाउने गरी आउनू
उज्यालो ल्याउने गरी आउनू
परिवर्तन ल्याउने गरी आउनू

विराटनगर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply to Shanta baral Cancel reply

Your email address will not be published. Required fields are marked *

5 Comment
  1. उज्यालो ल्याउने गरी आउनू
    परिवर्तन ल्याउने गरी आउनू
    ,
    बालेन हर्कलाई छ निमन्त्रण…

    उज्यालो ल्याउने गरी आउनू
    परिवर्तन ल्याउने गरी आउनू

  2. कबिता सुन्दर छ । देशैभरी बालेन र हर्क जस्ता आशाका पात्रहरुको आबस्यकता छ । जनता त्यस्ता पात्रहरुको स्वागत गर्न आतुर छन । यसै भावनाको प्रतिनिधीत्व गरेको छ कबिताले । मीठो शैली र शब्दका लागि कवि ज्यु धन्यबादका पात्र हुनु हुन्छ ।

  3. कबिता साह्रै राम्रो छ।तर जो संग यति धेरै आशा भरोशाका साथ यति मिलाएर बिछ्याइएको कार्पेटमा झुसिलकिराको बास मात्र त हुने हैन? स्वर्ग पुग्ने सिंढी बन्ला भन्ने मलाई चै लागेको छैन है।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?