राष्ट्रिय कविता महोत्सवमा टीका आत्रेयको ‘संकल्प’ प्रथम

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीका टीका आत्रेय प्रथम हुनुभएको छ । उहाँको ‘संकल्प’ शीर्षकको कविता प्रथम भएको हो ।

त्यसैगरी धादिङका यात्रीप्रकाश पाण्डे द्वितीय हुनुभएको छ । उहाँको ‘आगोमा फुलेको देश’ शीर्षकको कविताले द्वितीय पुरस्कार पाएको हो । यस्तै भक्तपुरका सीता तुम्खेवा ‘चरिसो फूल’, सुनसरीकै किरन सिवा ‘बुबाको सिलाइ मेसिन’ र अछामका कमलराज केसी ‘सपना उम्रन्छ माटोमा’ शीर्षकका कवितासहित तृतीय हुनुभएको छ ।

ADVERTISEMENT

‘भाषा, साहित्य र संस्कृति प्रवद्र्धनमा प्रतिष्ठानको भूमिका प्रशंसनीय’
प्रधानमन्त्री शेरबहादुर देउवाले देशको भाषा, साहित्य एवं संस्कृतिको प्रवद्र्धनमा प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । प्रतिष्ठानको ६५औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित राष्ट्रिय कविता महोत्सवमा उहाँले सो कुरा बताउनुभएको हो ।

‘प्रतिष्ठानले छ दशक लामो समयमा ज्ञान, विज्ञान, भाषा एवं सांस्कृतिक क्षेत्रको महत्त्वलाई स्वदेशमा मात्र होइन, बाहिर चिनाउन अग्रणी संस्थाको रूपमा काम गर्दै आएको छ’, उहाँले भन्नुभयो, ‘हाम्रो कला, संस्कृति प्रवद्र्धनका लागि छुट्टै कानुनी व्यवस्थामार्फत प्रतिष्ठान स्थापना भएको हो ।’ प्रधानमन्त्री देउवाले महोत्सवमा सम्मानित एवं सबैमा बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *