मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन गराउन एकीकृत समाजवादीको दबाव

Read Time = 2 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन गरी मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिएको छ ।

समाजवादीले मन्त्रीहरूलाई हेरफेर गर्ने विषयमा भइरहेको ढिलाइबारे प्रधानमन्त्री देउवालाई सोध्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनु भयो ।

‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौं, त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन, तुरुन्त कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय गरेका छौं’ खनालले भन्नुभयो, ‘आज हाम्रो अध्यक्ष त्यही निर्णयलाई लिएर कुराकानी गर्न जानुभएको छ ।’

ADVERTISEMENT

यस विषयमा प्रधानमन्त्री देउवासँग सोध्नका लागि पार्टीअध्यक्ष माधवकुमार नेपाल बालुवाटार गएको नेता खनालले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

हाल एकीकृत समाजवादीबाट मन्त्री हुनुभएको रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठका ठाउँमा नयाँ मन्त्री पठाउने उसले निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?