स्वतन्त्र उम्मेदवारीको घोषणाको प्रभाव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

स्थानीय तहको निर्वाचन सम्पन्न भएको लगभग एक महिना बितेको छ । अबको छ महिनाभित्रमा संसदीय निर्वाचन पनि सम्पन्न भइसकेको हुनेछ । यति समय बाँकी छँदैदेखि नै विभिन्न व्यक्तिले धमाधम स्वतन्त्र रूपमा आपूm उम्मेदवार बन्ने घोषणा गर्न थालेका छन् । पार्टी प्रणालीमा पार्टी नै सर्वेसर्वा हुन्छन् । नेपालमा पार्टीको संख्या यति नै हुनुपर्छ भनेर निर्धारण गरिएको छैन । बेलायत, अमेरिका जस्ता देशमा दुई पार्टीमात्र रहने व्यवस्था छ । हाम्रो देशमा भने यस्तो व्यवस्था छैन जति पार्टी निर्वाचन आयोगमा तोकिएको समयमा गएर तोकिएको प्रक्रिया पूरा गरी निवेदन दिन्छन् तिनले निर्वाचन आयोगमा दर्ता भई आधिकारिक रूपमा पार्टीको मान्यता पाउने व्यवस्था छ ।

त्यस्ता पार्टीले आफूलाई विस्तारित गर्न तिनले गर्ने संगठन र त्यसको प्रचारप्रसारमा भर पर्ने हो । कतिपय पुराना पार्टीहरू इतिहासमा विलिन भएर गएका छन् । त्यसो हुनुमा संगठन कमजोर हुँदै जानाले हो । संगठन मजबुत हुनुभनेको पार्टी जनतासँग पुग्नसक्नु हो । प्रजापरिषद् जस्ता पार्टी अहिले सक्रिय छैनन् । राणा शासनका विरुद्ध यस पार्टीले जे जति काम गरेको थियो त्यो ज्यादै प्रशंसनीय छ । पछि नेपाली कांग्रेस स्थापना भएपछि प्रजापरिषद्ले गर्न नसकेका कार्यहरू गर्‍यो । राणा शासन पनि हटायो । यसको सक्रियता र निरन्तरता आजका दिनसम्म छँदैछ । जनताको तल्लो तहसम्म पुग्न र उनीहरूका सुखदुःखमा साथसहयोग दिन सक्ने पार्टी नै वास्तविक पार्टीका रूपमा रहन सक्छ ।

निर्वाचन आयोगको अभिलेखमा हेर्ने हो भने धेरै संख्यामा पार्टीहरू दर्ता भएका छन् तर तीमध्ये कतिपय पार्टीहरूको नामसमेत जनतालाई थाहा छैन । आठ दशवटा पार्टीको नाम जनतालाई थाहा हुन्छ तर तीमध्ये पनि चार पाँचवटा पार्टी राष्ट्रिय पार्टीका रूपमा आएका हुन्छन् । अझै भन्ने नै हो भने मुख्य प्रतिस्पर्धा भनेको मुख्य दुई पार्टीका बीचमा हुने गरेको छ । नेपालको हालको सन्दर्भमा भन्ने हो भने नेपाली कांग्रेस तथा नेकपा एमाले यिनै दुई पार्टी मुख्य छन् ।

ADVERTISEMENT

यस पटकको स्थानीयस्तरको निर्वाचनमा धेरै स्थानमा पार्टीका उम्मेदवार नै विजयी बनेका छन् । पार्टी प्रणालीमा यो स्वाभाविक हो तर धरान, काठमाडौं, धनगढीलगायत केही स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भए । पार्टीको उम्मेदवार विजयी बन्नुभनेको पार्टीको समेत प्रयासबाट सम्भव भएको हुन्छ तर स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभनेको उम्मेदवारकै व्यक्तिगत प्रयासको मात्र ठूलो भूमिका रहेको हुन्छ । हुन त त्यस्ता स्वतन्त्र व्यक्तिहरूका पनि सहयोगी त हुन्छन् तर ज्यादै कम । धरानका हर्क साम्पाङ र काठमाडौंका बालेन साहको विजयले जनताले युवाहरू नै खोजेका हुनु कि भनेर देखिन आयो भन्ने टिप्पणी गर्ने गरिएको छ । राष्ट्रले युवा नै खाजेका हुन् वा युवाहरू आफ्नो स्थानको खोजीमा राजनीतिक क्षेत्रमा आएका हुन् र त्यही क्रममा बालेन तथा हर्कहरूले विजयको माला पहि¥याउन सकेका हुन् ?

यही मौकालाई आफ्नो पक्षमा पार्न केही युवाहरू धमाधम आगामी संसदीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गर्न थाल्नुभएको छ । थाहा छैन उहाँहरूको यस्तो उम्मेदवारीले भोलि कस्तो समर्थन तथा आलोचना पाउला तर केही ठाउँमा उहाँहरूका यस्ता उम्मेवारहरू विजयी बन्न सक्नुहोला नसके पनि उहाँहरूका पक्षमा धेरै मत आउने कुरा भने पक्का नै छ । यसले गर्दा पार्टीका आधिकारिक उम्मेदवारहरू पराजित हुने कुरामा भने दुई मत नहोला । हालको स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरू पराजित हुनुमा यस्तै कारणहरू जिम्मेवार बनेका थिए । त्यस्ता दृष्टान्तहरू देखेर नै केही युवाहरूले आगामी संसदीय निर्वाचनमा आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुनसक्छन् ।

घोषणा गर्नु र यथार्थ रूपमा मैदानमा उत्रिनु फरक कुरा हो । अझै पार्टीको उम्मेदवार बन्दा त पार्टीले सहयोग गर्छ, पार्टीकै कार्यकर्ताहरू प्रचारप्रसारमा हिँड्छन् र पार्टीका नेताहरूले समेत प्रचारप्रसार अभियानमा साथसहयोग गर्छन् । स्वतन्त्र उम्मेदवारले भने यी यावत कुराको व्यवस्था व्यक्तिगत रूपमा आफैंले एक्लै मिलाउनुपर्ने हुन्छ । नत्र चुनावी मैदानमा अझै धेरै संख्यामा स्वतन्त्र उम्मेदवारी पर्न सक्नेछन् । साधन र स्रोतको कमी भएका व्यक्तिहरूले निश्चय यस्तो आँट नगर्लान् । यो पार्टीहरूका लागि भने ठूलो चुनौती हो । त्यसैले पार्टीहरूले यसविरुद्ध अहिलेदेखि नै आफ्नो संगठन दह्रो बनाएर बस्नुपर्ने हुन्छ र आफ्ना प्रतिबद्ध मतदाताहरू कतै नबहकिने गरी संगठित बनाएर राख्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *