नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७८ प्रदान

Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छ फरक विधाका कलाकारलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७८ प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उहाँले संगीत तथा नाट्य क्षेत्रका छ जना वरिष्ठ सर्जकलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

रंगमञ्च विधामा रंगकर्मी ऋद्धिचरण श्रेष्ठ, परम्परागत तथा शास्त्रीय संगीत विधामा जलतरंग वादक मोहनप्रसाद जोशी, नृत्य विधामा नृत्य निर्देशक वीणा राजभण्डारी जोशी, नाट्य विधामा नाट्यकर्मी मनबहादुर मुखिया, संगीत विधामा सर्जक मोहनकृष्ण कार्की, ढली तथा लोक संगीत विधामा लोक सर्जक अमर विरही गुरुङले पुरस्कार पाउनुभएको छ । उहाँहरूले ताम्रपत्रसहित जनही एक लाख रुपैयाँ पाउनुभयो ।

ADVERTISEMENT

राष्ट्रपति भण्डारीले नेपाली मौलिक कलाको खोजी गर्दै तिनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउनु प्रतिष्ठानको दायित्व रहेको बताउनुभयो । उहाले सम्मानित स्रष्टा तथा सर्जकहरू राष्ट्रका यस्ता गहना भएको उल्लेख गर्नुभयो ।

प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले प्रतिष्ठान छिट्टै नै भाडाको घरबाट आफ्नै प्रशासनिक भवनमा सरेर आगामी गतिविधिहरूलाई निरन्तरता दिने जानकारी गराउनुभयो । उपकुलपति हरिहर शर्माले प्रतिष्ठानले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउनुभयो । रासस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?