निर्माणाधीन भवन भत्किँदा नाइजेरियामा पाँच जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। नाइजेरियाको व्यावसायिक क्षेत्र लागोसमा एउटा निर्माणाधीन भवन ढल्दा पाँचजनाको मृत्यु भएको छ ।

लागोस राज्यको राष्ट्रिय आपत्कालीन व्यवस्थापन निकायका कार्यालय संयोजक इब्राहिम फरिनलोएले आफूहरूले जटिल परिस्थितिमा काम गरिरहेको जानकारी दिएका छन् ।

ADVERTISEMENT

भग्नावशेषमा अझै पनि मानिसहरू पुरिएको हुनुपर्ने विश्वासमा उद्धार कार्यलाई जारी राखिएको छ । दुर्घटनाको समय त्यस भवनमा कतिजना मानिस थिए भन्ने यकिन हुन सकेको छैन ।

इब्राहिमले केही प्रत्यक्षदर्शीले ३० जना भन्दा बढी व्यक्तिले ज्यान जोगाउन भवनबाट हामफालेको देखेको दाबी गरेको तथा अहिलेसम्म कसैको जीवित उद्धार हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज