सलमान खानलाई फेरी ज्यान मार्ने धम्की

Read Time = 2 mins

मुम्बई । भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको चिठी आएको छ।​

सलमानका बुबा सलिम खान आइतबार बिहान ‘मर्निङ वाक’ जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए। जसमा सलमानको ज्यान मार्ने धम्की दिइएको थियो।

पत्रमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला जस्तै बनाउने’ उल्लेख गरिएको भारतीय सरकारी समाचार एजेन्सी पीटीआईले जनाएको छ।

यो पत्रसँगै सलमानका पिता सलिमले प्रहरीमा एफआईआर दर्ता गरेका छन्। प्रहरीले एफआईआर दर्ता गरेर पत्रका विषयमा अनुसन्धान सुरु गरेको छ। बिहान साढे ७ देखि ८ को बीचमा उक्त पत्र भेटेपछि उनले प्रहरीलाई खबर गरेका थिए।

ADVERTISEMENT

यसअघि पनि सलमानलाई ज्यान मार्ने धम्की आएको थियो। भारतको अन्तर राज्य गिरोहका नाइके भनेर चिनिने लरेन्स बिश्रोईले पाँच वर्ष अधि जोधपुरस्थित अदालतमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएका थिए।

त्यतिबेला उनी कालो हरिण मारेको मुद्दामा अदालत पुगेका थिए। हत्या, अवैध असुली र फायरिङ लगायत घटनामा संलग्नता रहँदै आएका लरेन्स विश्रोई अहिले जेलमा छन्।

सोही समूहले सिद्धु मुसेवालाको हत्याको जिम्मा लिएको छ। गत साता पञ्जाबको मान्सा गाउँमा गायक तथा नेता सिद्धु मुसेवालाको हत्या भएको थियो। उनीमाथि २५–३० गोली प्रहार भएको थियो। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?