कविता : मेरो छोरा केयुर

Read Time = 1 min

✍️ रञ्जु कटवाल सत्याल

भर्खर जन्मेको जीवन जस्तै
पबित्र, अबोध, अनमोल तिमी
तिमीले हामिलाई सिकायौ
धेरै–धेरै नै सिकायौ
स्वीकार गर्न सिकायौ
धर्यता सिकायौ, माफी सिकायौ
परिस्थितिसँग घुलमिल हुन मात्र होइन
उज्यालो तिर हेर्न सिकायौ।

तिम्रो मुस्कानसँगै उदाउछ हाम्रो जीवन
तिमी छौ र त सारा सपनाहरूमा छ्न् जीवन
तिमी छौ र त फक्रेका छन् हरेक मौसम मा रंग
मेरो बिश्वास, मेरो श्वास, मेरो सबै आश हौ तिमी ।

ADVERTISEMENT

माया भन्दा मायालु छौ तिमी
जीवनको कपट्ता भन्दा टाढा छौ तिमी
घृणा जान्दैनौ
घमण्ड जन्दैनौ
सारा नाटकहरू भन्दा पर छौ तिमी
मेरो गर्व हौ तिमी
मेरो मातृत्वको शान हौ तिमी ।
मभित्र आउने हरेक भाव हौ तिमी ।

मेरो छोरा केयुर !
अँध्यारोमा लाई उज्यालोले चिर्दै
हरेक दिन नयाँ सपनाहरू सहित
माइलौ माइल हिड्ने छौ
तिमीले जित्ने छौ
इश्वरको आशीर्वाद हौ तिमी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment