विरोधीको होइन, असल मानवको नजरले हेर्नुहोस् : पूजा

Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा बस्दाको तस्बिर तथा केही भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । विशेष गरी प्रधानमन्त्री देउवाका केही गतिविधिलाई सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ ।

यसैबीच, नायिका पूजा शर्माले टिप्पणी गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमार्फत लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बस्दा देउवाको गतिविधिले देशको नै इज्जतमा धक्का लागेको भन्दै आफ्नो व्यक्तिगत धारणा राख्नुभएको हो ।

ADVERTISEMENT

देउवाको बेचैनीको विषयमा ट्रोल भइरहँदा पूजाले त्यहाँ त्यसो देखिनुको कारणलाई प्रष्ट्याउनुभएको छ । ‘देउवाज्यू बेचैनीमा रहेको भिडियोहरू भाइरल भए । सबैले मजाक उडाए । तर, त्यस बेचैनीको पछाडि यति ठूलो तनाव लुकेको कसैले देखेन । देउवाले प्रधानमन्त्री भएर आफ्नो जिम्मेवारी पूरा गर्न लुम्बिनी पुगे । सामान्य नागरिक भएको भए अस्पतालमा भाइलाई कुरेर बस्ने थिए । उता भाइ मृत्युसँग लडिरहेको बेला यता दाइ कसरी रमाइलो गरेर आनन्दसँग बस्न सक्थे । यस्तो अवस्थामा विरोधीको नजरले होइन, असल मानवको नजरले हेर्नुहोस् । सम्माननीय प्रधानमन्त्रीका भाइप्रति भावपूर्ण श्रद्धाञ्जली’ पूजाले लेख्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?