सत्यमोहन र गिरिशलाई ‘उत्तम शान्ति पुरस्कार’

Read Time = 2 mins

काठमाडौं । एक शताब्दी लामो इतिहासको आँखीझ्यालका रूपमा प्रेरणादायी रहेको गिरिश गिरीद्वारा लिखित ‘सत्यमोहन’ नामक आत्मकथात्मक कृतिलाई ‘उत्तमशान्ति पुरस्कार’ प्राप्त गर्ने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७८ सालको ‘उत्तमशान्ति पुरस्कार’का निम्ति २०७८ सालभरिमा प्रकाशित भएका गैरआख्यान कृतिहरूमध्ये ‘सत्यमोहन’ कृतिलाई छनौट गरेको हो । वरिष्ठ लेखक तथा समालोचकहरू संलग्न समितिले पुरस्कारका लागि चयन गरेको हो ।

गुठीले, उक्त पुस्तकको अन्तर्वस्तु शताब्दीपुरूष सत्यमोहन जोशीको एक शताब्दी लामो जीवनयात्रासँग सम्बद्ध रहेको र यसको सिर्जनात्मक पुनर्लेखन गिरिश गिरीले गरेको हुनाले कृतिनायक शताब्दीपुरुष सत्यमोहन जोशी र कृतिकार गिरिश गिरीलाई २०७८ सालको ‘उत्तम शान्ति पुरस्कार’ संयुक्तरूपमा समर्पण गर्न लागिएको जानकारी गराएको छ ।

ADVERTISEMENT

२६ वर्षको उमेरमै ‘श्रष्टा र साहित्य’ नामक पुस्तकका लागि मदन पुरस्कार प्राप्त गरेका साहित्यिक पत्रकार उत्तम कुँवरको ४३ वर्षकै उमेरमा २०३९ सालमा निधन भएको थियो । तिनै प्रख्यात साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा निजकी धर्मपत्नी स्व.शान्ति कुँवरद्वारा विसं २०४४ सालमा स्थापित ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गर्दै आइरहेको छ । पुरस्कारको राशी १ लाख रुपैयाँ छ । पुरस्कार यही जेठ १२ गते समर्पण गरिने गुठीद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?