कदम पुरस्कार २०७९ बाट कीर्तिमानी आरोही कल्पना महर्जन सम्मानित

Read Time = 3 mins

काठमाडौं । जोशी रिसर्च इन्ष्टिच्युट्को आयोजनामा सम्पन्न कदम पुरस्कार २०७९ बाट कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन सम्मानित हुनुभएको छ । घरगृहस्थी, पर्यटन पत्रकारितादेखि सगरमाथाको टाकुरासम्म पुगेर नेपाली समाजमा नारीको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सफल महर्जनको सफल कदमप्रतिको सम्मानस्वरूप उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

पूर्व-उपप्रधानमन्त्री तथा सांसद प्रकाशमान सिंहले महर्जनलाई ताम्र-सम्मानपत्र र २५ हजार नगदसहित उक्त पुरस्कारबाट सम्मानित गर्नुभएको हो । कार्यक्रममा सिंहले नेपाली समाजको विकासमा महिलाको इच्छाशक्ति सबल रहेमा पत्रकारिता, साहसिक पर्यटनलगायत अन्य क्षेत्रमा पनि पुरुषभन्दा बढी गुणस्तरीय कार्यमा प्रेरणा बन्न सक्छिन् भन्ने उदाहरण कल्पना महर्जन बनेको बताउनुभयो । उहाँले राज्यबाहेक समाजबाट पनि सम्मानित हुनुले अझ अर्थपूर्ण हौसला प्राप्त हुने बताउनुभयो ।

जोशी रिसर्च इन्स्टिच्युटका तर्फबाट अध्यक्ष हरिराम जोशीका छोरा सुशीलराम जोशीले स्वागत मन्तव्य र २०१७ सालयता ६ दशकको यात्रापछिको वियोगलगत्तै पनि आफ्ना कलाकृति अनि कर्मको निरन्तरतामा आफ्नो संगिनी कदमप्रतिको प्रेमिल जीवन्तता प्रदान गर्नुका साथै तथ्य र तर्कका बेजोड आधारमा इतिहासका विभिन्न पाटाहरू थप प्रकाशित गरेको ‘कदमः अभिनव मेरा अनुभूति’ पुस्तक एकप्रति सहभागी सबैमा वितरण गरिएको थियो ।

गत १४ वैशाख २०७८ मा दिवंगत हुनुभएकी धर्मपत्नी कदम केशरीको स्मृतिमा स्थापित ‘कदम पुरस्कार २०७९’ वितरण कार्यक्रममा लिपिविज्ञ श्यामसुन्दर रघुवंशी, जनमत साहित्यका मोहन दुवाल, हरिसिद्धिका धनगोविन्द महर्जनलगायत संस्कृति प्रेमीहरूको उल्लेख्य सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 खुसी खुसी
0 अचम्मित अचम्मित
0 दुःखी दुःखी
0 उत्साहित उत्साहित
0 आक्रोशित आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?