काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले साहित्यिक पत्रिकाहरूलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।
सांसद पन्तले भाषा, संस्कृति र साहित्यका जोगाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले ती पत्रिकाहरूलाई सरकारले आर्थिक सहयोग र विज्ञापनको पनि आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
उहाँले प्रकाशक र सम्पादकले आफ्नो लगानी गरेर ती पत्रिकाहरू जोगाउन सकिने अवस्था नरहेकाले पनि सरकारले त्यसका लागि आर्थिक सहायता उपलब्ध गराउनुपर्ने तर्क गर्नुभयो । सांसद पन्तले सरकारले साहित्य र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने पनि बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा