काठमाडाैं । किताब यात्रा फाउन्डेसनले गर्दै आएको 'किताब जात्रा'को छैटौं संस्करण आजदेखि श्रावण १९ गतेसम्म काठमाण्डौमा शुरु भएको छ ।
आर्मी अफिसर्स क्लव भद्रकालीमा सञ्चालन गरिएको किताब जात्रामा यस वर्ष भाषा, साहित्य, फिल्म, समाज, बैंकिङलगायत क्षेत्रका व्यक्तित्व समावेश १५ सेसन रहेको छ ।
जात्रामा काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधिसमेत गरिएको छ ।
यस्ता कार्यक्रमले पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अङ्ग बनाउन मद्दत पुर्याउने, किताब जात्रामा साहित्यका अतिरिक्त कला, सामाजिक तथा आर्थिक क्षेत्रसँग सम्बन्धित समसामयिक विषयवस्तुमा विमर्श गरिने आयोजकले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता