मुख्य प्रशिक्षक सार्वजनिक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार एक पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसलाई सार्वजनिक गरेको छ । एन्फाले मुख्य प्रशिक्षक भिन्सेन्जोलाई एक वर्षका लागि राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पिएको छ ।

तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि एन्फाले इटालियन प्रशिक्षक एनिसलाई नियुक्त गरेको हो । ३८ वर्षीय अनुभवी प्रशिक्षक भिन्सेन्जोले यसअघि बेलिजको राष्ट्रिय फुटबल टोली हेर्नुभएको थियो । पछिल्लो समय भिन्सेन्जोले इण्डियन सुपर लिगमा नर्थ इस्ट युनाइटेड सम्हाल्नुभएको थियो । युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले त्यसअघि भारतीय क्लब गोकुलम केरलालाई दुईपटक आई लिगको उपाधिसमेत दिलाउनुभएको थियो ।

ADVERTISEMENT

भिन्सेन्जोले आफूले ठूलो जिम्मेवारी पाएको र यसलाई राम्रो गर्न चाहेको समेत बताउनुभयो । ‘लामो समयदेखि यो अवसरको प्रतीक्षामा थिएँ । मैले नेपाललाई दुई–तीन वर्षबाट फलो गरेको छु र यहाँ आउनु ठूलो सपना थियो,’ पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक भिन्सेन्जोले भन्नुभयो, ‘मैले ९ वटा देशमा काम गरेँ । अफ्रिका, एसिया र युरोप । नेपालको एक हिस्सा हुन पाउँदा खुसी लागेको छ । यो ठूलो जिम्मेवारी हो । म मेरो करियरमा राम्रो गर्न चाहन्छु ।’

भिन्सेन्जोको नेतृत्वमा नेपालले प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *