नेपाली टोलीले नयाँ प्रशिक्षकको आगमनसँगै नयाँ गति लिएकाे छ : सन्दीप लामिछाने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढीरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका स्पिनर लामिछानेले अहिलेको टोली सकारात्क तरिकाले अगाडि बढीरहेको बताउनुभएको हो । उनले केही समयअघि नेपाली टोली कठिन अवस्थामा रहेको र नयाँ प्रशिक्षको आगमनसँगै टोलीले नयाँ गति लिएको बताउनु भयो । यही टोलीमा खेलाडी राम्रो तालमेल रहेको भन्दै आगामी दिनमा नेपाली क्रिकेट राम्रो हुने प्रतिक्रिया दिनुभयो ।

लामिछानेले सोमवार पिएनजीबिरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दा नेपाल अब विश्वकप छनोट पुग्न एक कदम मात्र टाढा छ । सन्दीपले यही खेलमा ५ विकेट निकाल्दा प्लेयर अफ दि म्याच पनि घोषित भए । यस्तै अर्का स्पिनर ललितनारायण राजवंशीले सन्दीप सम्मिलित टोलीमा दुई स्पिनरबीच अट्याकीङ र रन रोक्ने रणनीतिमा तालमेल बनाउँदै खेल सहज हुने बताउनु भयो । उहाँले प्रशिक्षको रणनीति अनुसार खेल्न पाउँदा आफू खुशी रहेको प्रतिक्रिया दिनुभयो ।

नेपालका लागि अर्धशतकीय पारी खेल्दै जित दिलाउनुभएका ओपनर आसिफले सहज बललाई खेल्ने र कठिन बललाई सामना मात्र गर्ने रणनीति भएपनि परिस्थिति अनुसार खेल्दा पिएनजीबिरुद्ध सहज सफलता मिलेको बताउनु भयो । ओपनिङको रुपमा मैदान प्रवेश गर्दा आफ्नो मानसिकता धेरै रन बटुल्ने हुने र टिमको मनोबल उच्च बनाउने हुने गरेको आसिफले बताउनु भयो ।

ADVERTISEMENT

अर्का ओपनर कुशल भुर्तेलले हरेक खेल महत्वपूर्ण हुने भन्दै आफ्नै शैलीमा खेल्दा आफूलाई सफलता मिलेको बताउनु भयो । प्रशिक्षकलाई कुन खेलाडीबीच कस्तो तालमेल हुने र कस्तो खेल्ने थाहा भइसकेको र सो अनुसार रणनीति बनाउने गरेको बताउनु भयो । प्रशिक्षकको रणनीति अनुसार खेल्न आपूm सफल भएको प्रतिक्रिया दिनुभयो ।

लिग–२ अन्तर्गत अब नेपालले अन्तिम खेल युएईसँग बिहीवार खेल्नेछ । त्यसअघि बुधवार युएई र पिएनजीबीच खेल हुने तालिका छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *