एक महिलामाथि सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

दाङ । दाङको घोराहीमा एक महिलालाई जबर्जस्ती सामूहिक करणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घोराही उपमहानगर १७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् । गएको शुक्रबार राति घोराही १७ मा उनीहरूले २९ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोप छ।

घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आगनमा श्रीमान् श्रीमती सुतेको अवस्थामा श्रीमानलाई कुटपिट गरी दुई जनाले महिलालाई बलात्कार गरेका थिए ।

ADVERTISEMENT

पीडितले घटनाबारे फागुन २७ गते दिएको जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *