सेभेन ए साइड फुटबलको उपाधि एलजी एकतालाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

पोखरा । पोखरामा सञ्चालन भएकोे तेस्रो संस्करणको ‘शीतल ज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि एलजी एकताले जितेको छ । शीतल ज्योति युवा क्लब पोखरा–१२ को आयोजनामा यहाँस्थित अमरसिंह चौरमा यही फागुन २० गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा रत्न सेवा समाजलाई सडन डेथमा पराजित गरी एलजी च्याम्पियन बनेको हो ।
उपाधि विजेता एलजीले एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता रत्नले ८५ हजार पाँच सय ५५ नगद रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलको निर्धारित र अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । पेनाल्टी सुटआउटमा समेत समान तीन–तीन गोल भएपछि टाइब्रेकरको सडन डेथमा सात-छमा एलजी च्याम्पियन बन्यो ।

सडन डेथमा रत्न समाजका गोलरक्षक विश्वास पौडेलको प्रहार क्रसबारमा लागेर फर्कियो । एलजीका गोलरक्षक कृष्ण गुरुङले सडन डेथमा गोल गरी टोलीलाई उपाधि दिलाउन सफल हुनुभयो ।

ADVERTISEMENT

प्रतियोगितामा इलाइट फुटबल क्लब अनुशासित टोली घोषित भएको छ भने उसले ट्रफीको साथमा नगद आठ हजार पुरस्कार पायो । प्रतियोगितामा रत्न सेवा समाजका राकेश राई उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले माउण्टेन बाइक पुरस्कार पाउनुभयो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा रत्न समाजका विश्वास पौडेल, उत्कृष्ट डिफेण्डरमा एलजीका प्रिन्स तुलाचन, उत्कृष्ट मिडफिल्डरमा रत्नका नकुल तामाङ, उत्कृष्ट प्रशिक्षकमा समाजका खिम छन्त्याल घोषित हुनुभयो ।

सर्वाधिक गोलकर्ताको उपाधि तारा एफसीका मनिष थापामगरले पाउनुभयो । उहाँहरू सबैले जनही पाँच हजार रुपैयाँका साथमा ट्रफी पुरस्कार प्राप्त गर्नुभएको छ । विजयी खेलाडीलाई नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नवीन पुन, प्रतियोगिताका संयोजक सन्तोष गुरुङ, क्लबका अध्यक्ष नरप्रसाद गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *