सुरक्षा र मानव विवाह बन्धनमा

Read Time = 1 min

चितवन । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिनुभएको छ । सुरक्षाले सामाजिक सञ्जालमा विवाहको तस्वीर सार्वजनिक गर्दै ‘शुभविवाह’ लेख्नुभएको छ । चितवनको सौराहमा यी जोडीले नजिकका आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेको हो ।

मानव र सुरक्षा सात वर्षदेखि प्रेममा हुनुहुन्थ्यो । लामो समयदेखि प्रेममा रहेका यी दुईको सम्बन्धबारे गएको प्रणय दिवसमा मात्रै खुलासा गरिएको थियो । त्यसपछिको एक अन्तर्वार्तामा सुरक्षाले निकै मुस्किलले प्रेम सम्बन्ध लुकाएको बताउनुभएको थियो ।

ADVERTISEMENT

मानवले ‘अन्तराल’, ‘चिनी कम रङ कडा’ जस्ता चलचित्र अभिनय र केही लघु चलचित्रमा निर्देशन गर्नुभएको छ भने पन्तको अभिनय रहेको नयाँ चलचित्र ‘बहाव’ को ट्रेलर हालै सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *