बुल्गेरिया ओपनमा खड्का

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले वल्र्ड र्‍याङकिङ जी-२ बुल्गेरिया ओपन क्यारोगी प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएको छ ।

सो प्रतियोगिता बुल्गेरियाको सोफियामा मार्च ३ देखि ५ तारिखसम्म सम्पन्न भएको हो । अशोक दक्षिण एसियाबाट एकमात्र निर्णायकका रूपमा सो प्रतियोगितामा रहनुभएको थियो । वल्र्ड र्‍याङकिङ जी-२ क्यारोगीतर्फ अशोकले १९ फाइट खेलाउनुुभयो । जसमा तीन फाइनल र चार सेमिफाइनल पनि रहेका छन् ।

ADVERTISEMENT

अशोकले सोमबार राती पुम्सेतर्फका खेल पनि सञ्चालन गर्नुभयो । उहाँ पुम्से विधाका समेत अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ । अशोक क्यारोगी, पुम्से र पारा तीनवटै विधाका नेपालका एकमात्र अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ । क्यारोगीतर्फ अशोकलाई दोस्रो क्लासका अन्तर्राष्ट्रिय निर्णायकको मान्यता छ ।

गत वर्ष विश्व तेक्वान्दोमा समेत निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएका अशोकले हालसम्म २१ वटाभन्दा बढी अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरिसक्नुभएको छ ।
बेल्जियम ओपन, स्विडिस ओपन, अस्ट्रेलियन ओपन जस्ता वल्र्ड र्‍याकिङ प्रतियोगितामा पनि सर्वश्रेष्ठ निर्णायक घोषित भइसक्नुभएका अशोक पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मीमध्ये एक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *