कविता : आऊ रंग लगाऊ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ देवकी गौतम

आऊ रंग लगाऊ
आऊ रंथ लगाऊ मलाई,
तिमी मित्रताको रंग लगाऊ
म विस्वास थपिदिउँला
तिमी आत्मीयताको रंग लगाऊ
म प्रेम थपिदिउँला
तर सहने छैन
तर सहने छैन कदापि
तिमीले लगाउने रंगमा
हेपाइ, चेपाइ, अविश्वास अनि घृणा..
यस पालि रङ लगाऔँ
हामी दुवै मिलेर,
समानता र सहअस्तित्वको
सहयात्रा र सहकार्यको
विश्वास र भरोसाको
अब त म पनि थाकिसकेँ लड्दा लड्दै..
यो अस्तित्वको लडाइँ
मेरी हजुरआमा लडिन्
मेरी आमा लडिन्
मेरो जीवन पनि तिमीसँगकै लडाइँमा
व्यतित गर्न चाहन्न म..
किनकि ...?

ADVERTISEMENT

मलाई केही गर्नु छ मेरा सन्ततिका लागि
मलाइ केही गर्नु छ तिम्रा लागि
अनि केही गर्नु छ मेरो धर्तीको लागि
तिमीसँगको झगडामा मैले
मेरा दाइलाई दुश्मन देख्न बाध्य भएँ
मेरा साथीलाई पराई सम्झिएँ
तिमीले मलाई..,
तिम्रै छायाँसँग तर्सने बनायौ
पुरुष मेरो दाजु, बाबु
अनि एउटा असल मित्र हो
भन्ने कुरा बिर्सने बनायौ !!

तर अब आऊ, हामी सँगै जाऊँ
मिलेर रंग लगाऔँ
आऊ रंग लगाऊ मलाई
तिमी मित्रताको रंग लगाऊ
म विश्वास थपिदिउँला
तिमी आत्मीयताको रंग लगाऊ
म प्रेम थपिदिउँला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *