हात हतियार खर खजना कसुर मुद्दाका फरार दुई प्रतिबादी पक्राउ

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले हात हतियार खर खजना कसुर मुद्दाका फरार दुई प्रतिबादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको खनियाबास गाउँपालिका ४ का २८ बर्षिय मनोज तामाङ भन्ने मनोज कुमार गुरुङ र रुबिभ्याली गाउँपालिका ६ लापाका ३२ बर्षिय देउ बहादुर तामाङ रहेको जिल्ला प्रहरी धादिङले जनाएको छ ।

सवारी ज्यान मुद्दामा ३ महिना कैद भई फरार रहेका देउ तामाङ खोजतलासको क्रममा फेला परी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले बताउनुभयो ।

ADVERTISEMENT

यस्तै जिल्ला प्रहरी कार्यालय धादिङले ठुलोमात्रा बरामद गरेको घरेलु मदिरा र कच्चा पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ र अस्थाई प्रहरी पोष्ट पुछारबजारबाट खटिएका टोलीले धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ३ र ८ बाट बरामद गरेको १००० लिटरको घरेलु मदिरा र १५०० लिटर कच्चापदार्थलाई नष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?