हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बारा । हात्तीको आक्रमणबाट बाराको जीतपुरसिमरा-१६ टांगियाबस्तीमा बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्तबहादुर दर्लामीको ४५ वर्षीय छोरा जापाङ दर्लामी रहनुभएको छ ।

दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिनुभयो ।

यता जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु भएपछि स्थानीय आतंकित बनेका छन् । स्थानीय रमेश सापकोटाका अनुसार दर्लामीलाई आक्रमण गर्ने हात्ती बस्ती वरपर घुमिरहेको छ ।

ADVERTISEMENT

हात्ती बस्तीमा आउने क्रम नरोकिएपछि स्थानीयहरू भाग्न थालेको र साँझसम्म त्रासको स्थिति रहेको सापकोटाले जानकारी दिनुभयो । हात्तीको बथानबाट छुटिएर हिडेको एक्लो हात्तीको आक्रमण पटक पटक हुँदै आएको छ ।

घर नजिकैको जंगलमा गाई बस्तुका लागि सोत्तर पतकर लिन जानुभएका समयमा दर्लामी आक्रमणमा परेको निजगढ ईलाका प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सञ्जिव ओलीले बताउनुभयो ।

केहीदिन अघिमात्र जीतपुरसिमरा-२१ अम्मेखगञ्जकी ५१ बर्षीया रुकैदा खातुनको समेत मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज