गल्र्स फुटसलको उपाधि माउन्ट ओलिभलाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । माउन्ट ओलिभ स्कुलले लाइन्स कप गल्र्स फुटसल प्रतियोगिताको उपाधि जितेको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा सञ्चालित प्रतियोगिताको फाइनलमा महालक्ष्मी स्कुललाई पेनाल्टीमा २-१ हराउँदै माउन्ट ओलिभले उपाधि जितेको हो ।

प्रतियोगितामा सिद्धिमंगल मावि तेस्रो र भानुदय स्कुल चौथो भएका थिए । लायन्स क्लब अफ काठमाडौं रोयल फ्रेण्ड्सले आयोजना गरेको प्रतियोगितामा महालक्ष्मी नगरपालिकाका १३ वटा विद्यालयको सहभागिता थियो ।

विजेता टोलीले उपाधिसहित २५, दोस्रोले १५ र तेस्रो टोलीले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा ११ गोल गर्न सफल माउन्ट ओलिभकी सरु तामाङ सर्वाधिक गोलकर्ता बन्नुभयो । महालक्ष्मी विद्यालयकी मनिषा तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

ADVERTISEMENT

विजेता, उपविजेता टोलीका खेलाडीलाई महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन, लायन्स क्लब इन्टरनेशनल ३२५ का पास्ट डिस्ट्रिक गभर्नर अनुपकुमार पहारी, डिस्ट्रिक ३२५ पीका चिफ एड्भाइजर दिनेश खरेल, सिनियर डिस्ट्रिक एड्भाइजर ज्योति केसी, अमरज्योति रञ्जित, यदुराज लामिछाने, दीपक थापा, पुरुषोत्तम बस्नेतलगायतले पुरस्कृत गर्नुभयो ।

विजेता टोलीका खेलाडी, उत्कृष्ट खेलाडी र उच्च गोलकर्ताहरूलाई नेपाली कपडा ब्राण्ड केडकी प्रबन्ध निर्देशक दिप्रिना शाक्यले उपहार प्रदान गर्नुभयो । लायन्स क्लब अफ काठमाडौं रोयल फ्रेण्ड्सका प्रेसिडेन्ट लायन दिप्रश शाक्यले छात्राहरूलाई प्राथमिकता र प्रोत्साहन दिनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

छात्राहरूको क्षमता अभिवृद्धिका लागि लायन्स क्लब अफ काठमाडौं रोयल फ्रेण्ड्सले कार्यक्रम संयोजक सृष्टि बज्राचार्य, अमर महर्जन, अल फर बललगायतको सक्रियतामा केही महिनाअघिदेखि नै महालक्ष्मी नगरपालिकामा विभिन्न सरकारी विद्यालयका छात्राहरूलाई फुटबल, निशुल्क फुटसल प्रशिक्षणलगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । प्रशिक्षणका लागि लेजेन्ड फुटसलले निःशुल्क मैदान उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *