हतकडीसहित फरार अभियुक्त पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

जनकपुरधाम। धनुषामा प्रहरीको भ्यानबाट हाम फालेर हतकडीसहित फरार भएका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले मुखियालाई सीमावर्ती क्षेत्रबाट आज(बुधबार) बिहान पक्राउ गरेको हो ।

ADVERTISEMENT

उनलाई बिहान जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

आइतबार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैला फर्किदै गर्दा साँझ साढे ७ बजे यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *