बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भक्तपुर । प्रहरीले आफ्नै डेराकोठामा वस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा डेराकोठामा बस्ने दोलखा मेलुग गाउँंपालिका–५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनीमाथि फागुन ७ गते बलात्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले बताउनुभयो ।

मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्याद थप गरी प्रहरी बृत थिमि भक्तपुरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *