खुला टेबल टेनिस हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौं जिल्ला टेबल टेनिस संघको आयोजनामा १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता फागुन २५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपांग भएका, दृष्टिविहीन र खेल पत्रकारका गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष धर्ममान बज्राचार्यले जनाउनुभएको छ ।

अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रमअनुसार हुन लागेको प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

‘सबैका लागि टेबल टेनिस’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०-१० हजार नगद पुरस्कार पाउनेछन् ।

फागुन २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *