भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा भएको पाँचौ मेयर गोल्डकप महिला फुटवल प्रतियोगिताको उपाधी भोजपुर नगरपालिका वडा नम्वर १०, भैसिपंखाले जितेको छ ।
प्रतिस्पर्धामा रहेको रोयल स्पोर्टिङ क्लव दमकलाई १ गोलले हराउँदै भैसिपंखा बिजेता बनेको हो । खेलको आधा समयसम्म कुनै पनि टिमबाट गोल हुन सकेको थिएन । खेलको ४६ औ मिनेटमा भैसिपंखाको तर्फबाट ९ नम्वरको खेलाडी आरती भुजेलले गरेको १ मात्र गोल निर्णायक बन्न पुगेको थियो । प्रतियोगिताको म्यान अफ द म्याच र सर्वोत्कृष्ठ खेलाडी भैसिपंखाकी आरती नै हुनुभयो ।
यस्तै प्रतियोगिताको उत्कृष्ठ गोल रक्षक रोयलकी रुपा थापा, उत्कृष्ठ रक्षक भैसिपंखाका अनिषा राई, उत्कृष्ठ मिडफिल्डर, उत्कृष्ठ स्ट्राइकर रोयलकी सोनु लिम्बु र सन्जु तामाङ हुनु भयो भने उत्कृष्ठ प्रशिक्षक भैसिपंखाका प्रदिप राई हुनु भएको आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष सुवालले बताउनुभयो ।
भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा संचालन भएको प्रतियोगितामा भोजपुर भित्र र बाहिरका गरी ७ वटा टिमको सहभागिता रहेको थियो । विजेताले एक लाख पाँच हजार पाँच सय ५५ रुपैया तथा उपविजेताले ५१ हजार पाँच सय ५५ रुपैयाका साथमा ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगितामा भोजपुर नगरपालिका १०, द सेभेन युथ क्लव धनकुटा, एन बी वाई एफसी सप्तरी, भोजपुर नगरपालिका ११, कन्काई झापा, रिमाचुङ्ग एजुकेशन एण्ड स्र्पोट एकेडेमी र आर एसी दमक गरी ७ वटा टिमको सहभागिता रहेको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविन सुवालले जानकारी दिनु भयो ।
प्रतियोगिताको बिजेता तथा उपबिजेतालाई प्रायोजक भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले लगायतले नगद तथा ट्रफी प्रदान गर्नुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts