सञ्जय सम्मिलित टोलीलाई प्रो-एम उपाधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

पोखरा । प्रोफेसनल गल्फर सञ्जय लामा सम्मिलित टोलीले सूर्य नेपाल वेस्टर्न ओपन प्रो-एमको उपाधि जितेको छ । पोखरास्थित पार-६९ हिमालयन गल्फ कोर्समा शनिबार भएको प्रतिस्पर्धामा प्रो सञ्जय लामा तथा एमेच्योर खेलाडीहरू राजु थकाली, सन्तोष गुरुङ र ब्रिगेडियर जनरल सुदर्शन सिलवालले कुल १३८ अंक जोड्दै उपाधि जित्नुभएको हो । प्रो सञ्जय र एमेच्योर गल्फर सिलवालले ३४ अंक जोड्नुभयो भने अन्य दुई एमेच्योर थकाली र गुरुङले समान ३५ अंक बनाउनुभयो ।

प्रो निरज तामाङ सम्मिलित टोली कुल १२३ अंक जोडेर दोस्रो भएको छ । निरजले ३२ स्कोर गर्दा एमेच्योर सुष्मा सिग्देलले ३२, दीपक कार्कीले ३० र अर्जुनकुमार कार्कीले २९ अंक जोड्नुभयो । यसैगरी १०७ अंक जोडेर प्रो बलभद्र राईको टिम तेस्रो बन्यो । बलभद्रले २८ तथा एमेच्योर राजेन्द्र गौचनले २८, सन्देश सिग्देल र रवीन्द्र तिवारीले समान २८ अंक जोड्नुभयो ।

महिलातर्फ सुष्मा सिग्देलले ३२ अंकसहित उत्कृष्ट कार्डको ट्रफी हात पार्नुभयो । प्रकाश गुरुङले लंगेस्ट ड्राइभ र दिपक कार्कीले क्लोजेस्ट टु दी पिनको उपाधि जित्नुभयो ।

ADVERTISEMENT

सर्वाधिक स्कोर गर्ने प्रो र उत्कृष्ट तीन एमच्योर गल्फर विजेता टोलीमा पर्नुभएको हो । दोस्रो स्थानका प्रो खेलाडी र चौथो, पाँचाँै र छैटौं स्थानका एमेच्योर खेलाडी दोस्रो हुनुभयो । यसैगरी तेस्रो हुनुभएका प्रो तथा सातौँ, आठौँ, नवौँ स्थानका एमेच्योर खेलाडी तेस्रो हुनुभएको हो ।

स्टेबलफोर्ड फुल हृयान्डिक्याप फरम्याटमा खेलाइएको इभेन्टमा १५ प्रो र ५५ एमेच्योर खेलाडीले भाग लिएका थिए । विजेतालाई पिजिए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसीले पुरस्कार वितरण गर्नुभयो ।

शुक्रबार सम्पन्न ५४ होलको इभेन्टमा धरानका शुक्रबहादुर राईले एक-अण्डर २०६ को कुल स्कोरका साथ उपाधि जित्नुभएको थियो । सञ्जय लामा र भुवन नगरकोटीले एक–ओभर २०८ मा संयुक्त दोस्रो स्थान हासिल गर्नुभएको थियो । २३औँ संस्करणको प्रतियोगितामा कुल आठ लाख नगद पुरस्कार रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *