क्लासिक डान्सर डा.कनक रेलेको निधन

Read Time = 1 min

मुम्बई । पद्यभूषण र पद्यश्रीबाट सम्मानित क्लासिक डान्सर डा.कनक रेलेको निधन भएको छ । रेलेको ८५ वर्षको उमेरमा मुम्बईमा बुधबार निधन भएको हो ।

रेले मोहिनी अट्टयम नृत्यमा पारंगत हुनुहुन्थ्यो । उहाँले यो नृत्यबाट देश तथा विदेशमा पहिचान बनाउनुभएको थियो । क्लासिक डान्सको क्षेत्रमा उहाँले एउटा क्रान्ति ल्याउनुभएको थियो । क्लासिकल डान्सरको अलवा उहाँ राम्रो कोरियोग्राफरसमेत हुनुहुन्थ्यो ।

ADVERTISEMENT

उहाँ नृत्यको अलवा अनुहारको एक्सप्रेशनबाट पनि दर्शकको मन जित्ने गर्नुहुन्थ्यो । यही कारण उहाँ भारतको मोहिनी अट्टयम नृत्यको नम्बर वान नृत्याङ्गना बन्नुभएको थियो । उहाँलाई भारत सरकारले पद्यश्री र पद्यभूषण जस्ता उच्च सम्मानसमेत प्रदान गरेको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *