काठमाडौं । गीतकार शीतल कादम्बिनीको भजन ‘चिलिम भरेर’ सार्वजनिक भएको छ । रचना रिमाल र प्रिया सुवेदीको स्वर, शुरेस अधिकारीको संगीत, फडिन्द्र राईको एरेञ्ज र योगेश काजीको मिक्सिङ तथा माष्टरिङ रहेको भजन ‘चिलिम भरेर’को भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानको निर्देशन रहेको सार्वजनिक भजनको भिडियोमा नायक तथा मोडल प्रदीप बास्तोलालाई भगवान् शिवको रूपमा देख्न सकिन्छ । यस्तै भिडियोमा विशाल राई, शुरेस अधिकारी, उषा गजुरेल, सरु राईलगायतको अभिनय छ । प्रकाश खड्काको छायांकन रहेको भिडियोलाई पशुपति मन्दिर पेरिसमा छायांकन गरिएको छ । गीतकोे भिडियोलाई शिवरात्रिलाई लक्षित गरेर सार्वजनिक गरिएको हो ।






