गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ लोकार्पण

Read Time = 2 mins

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव, समालोचक तथा निबन्धकार गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ कृतिको लोकार्पण गरिएको छ ।

आइतबार राजधानीमा एक समारोहबीच कुटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्यले समालोचनात्मक कृतिको लोकार्पण गर्नुभएको हो ।

प्रकाशक सुरभि साहित्य प्रतिष्ठानले आयोजना गरेको लोकार्पण समारोहमा समालोचक डा. लेखप्रसाद निरौला र ठाकुर शर्माले २ सय ६० पृष्ठ लामोको कृतिको समीक्षा गर्नुभएको थियो ।

कृतिमा ३२ वटा समालोचना संग्रहित छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, गुरुप्रसाद मैनाली, माधवप्रसाद घिमिरे, पारिजात, रमेश विकल, हरिभक्त कटुवालसम्मको सिर्जनाको समालोचना लेखक मैनालीले गर्नुभएको हो ।

समारोहमा कूटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्य, पूर्वमुख्यसचिव विमल कोइराला, डा. गार्गी शर्मा लगायतले लेखक मैनाली र कृतिबारे चर्चा गर्नुभएको थियो ।

ADVERTISEMENT

लेखक मैनालीले आफूले साहित्यिक समालोचनाको शुरूआत एसएलसी पास गरेपछि नै गरेको स्मरण गर्नुभयो ।

‘अभिव्यञ्जना यात्राप्रति’ प्रकाशन गर्ने निधो झण्डै चार दशकअघि नै गरेको उहाँले बताउनु भयो ।

२०४० देखि २०७९ सालसम्म लेखिएका समालोचनाहरू कृतिमा समावेश गरेको उहाँले जानकारी दिनुभयो ।

मैनालीका 'अवसाद' 'अभिनयी' (निबन्धसंग्रह), 'आँखाभरि रमिता मनभरी वेदना' (नियात्रा), 'युगकवि सिद्धिचरण: कृति र प्रवृत्ति विश्लेषण' (समालोचना), 'अपेक्षा र अनुभूति' (सामयिक निबन्ध), 'घाउ आफैलाई दुख्छ' (निबन्धसंग्रह) लगायत कृतिहरू यसअघि प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *