नेपाली वृत्तचित्र डढेलोले पायो अन्तर्राष्ट्रिय अवार्ड

Read Time = 2 mins

काठमाडौं । नेपाली वृत्तचित्र डढेलोले अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल भएको छ । श्यामसन फिल्म प्रोडक्सनको व्यानरमा भिडियो पत्रकार श्याम कार्कीले निर्माण गरेको नेपाली वृत्तचित्र डढेलो हालै मौरिससमा भएको अन्तर्राष्ट्रिय फेयर इन्टरनेशनल फिल्म फेष्टिभलमा उत्कृष्ट भई अवार्ड पाउन सफल भएको हो । जसमा विभिन्न देशका सयभन्दा बढी वृत्तचित्र निर्माताले सहभागिता जनाएका थिए ।

श्यामसन फिल्म प्रोडक्सनको व्यानरमा बनेको उक्त फिल्मले हालसम्म स्वदेश तथा विदेशमागरी ३० वटाभन्दा बढी फिल्म फेष्टिभलमा सहभागिता जनाएको छ । उक्त वृत्तचित्रले काठमाडौंमा भएको पर्वतीय चलचित्र महोत्सव किम्फ वृत्रचित्रमा जलवायु परिवर्तनसम्बन्धी विधामा दोस्रो हुन सफल भएको थियो । त्यस्तै, अष्ट्रेलियाको डेर टु स्ट्रगल सट फिल्म फेष्टिभलमा अनरेबल मेन्सन अवार्ड पाएको थियो । साथै नेपाल–अमेरिका फिल्म फेष्टिभलमा पनि उक्त वृत्रचित्रले स्पेसली मेन्सन अवार्ड पाउन सफल भएको थियो ।

ADVERTISEMENT

यो वृत्तचित्रमा सन् २०२१ मा नेपालको जंगलमा एकै पटक ७० वटा ठाउँमा आगलागी हुँदा रेडपाण्डा जस्तो दुर्लभ जनावरलाई कस्तो असर परेको छ, जलवायु परिवर्तका करण जनावर तथा जनमानसको जीवनमा परेको असरको उदाहरण देख्न सकिन्छ ।

वृत्तचित्र निर्देशक श्याम कार्की विगत लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वृत्तचित्र बनाउने कार्यमा अनवरत रूपमा लागिरहनु भएको छ । त्यसैगरी कार्की पुराना भिडियो टेपहरूलाई डिजिटल फम्र्याटमा परिवर्तन गर्ने काम पनि गर्ने गर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *