काठमाडौं । आज फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ । प्रणय दिवसमा प्रेमिल जोडीहरुले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्ने गर्छन् ।
आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा प्रणय दिवस मनाइन्छ । पश्चिमा देशहरुबाट सुरु भएको भ्यालेन्टाइन पछिल्लो वर्षहरुमा नेपालमा पनि मनाइँदै आइएको छ । आजको दिन प्रेमिल जोडीहरुले एक अर्कालाई रातो गुलाफको फूलसँगै उपहार दिएर प्रेम प्रस्ताव राख्ने गर्छन् ।
मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्न यही गुलाव चाहिन्छ। जुनभावना व्यक्त गर्न वर्षौंसम्म सकिँदैन तर गुलावको फूल त्यो भावनालाई प्रतिविम्बित गर्न काफी मानिन्छ।
युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन्। भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन छ।
प्रेम व्यक्त गर्ने सामान किन्न यतिबेला साना ठूला गिफ्ट पसलमा प्रेमीहरू भरिभराउ देखिन्छन् ।
यसअघि प्रेमिल जोडीहरुले भ्यालेन्टाइन सप्ताह अन्तर्गत ७ फेब्रुअरीमा गुलाफ दिवस (रोज डे), दोस्रो दिन फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० मा टेडी डे, फेब्रुअरी ११ मा प्रमिस डे, फेब्रुअरी १२ मा हग डे, फेब्रुअरी १३ किस डे मनाइसकेका छन् । सप्ताहको आज मुख्य दिन १४ फेब्रुअरीमा भ्यालेन्टाइन डे मनाइँदै छ ।
भ्यालेन्टाइन डे पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमनका सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो ।
उनले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए । सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राटको निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे । उनी अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्थे । त्यसैले भ्यालेन्टाइनले युवा युवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह गर्ने गर्दै हिड्ने गरेका थिए ।
आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राटले ईपू २७० को १४ फेब्रुअरीका दिन मृत्युदण्ड दिएका थिए । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा उनका अनुयायीहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरेका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts