नेपाल मोडल र स्कोलर्स होमको विजयी सुरुवात

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल मोडल र स्कोलर्स होम्सले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा विजयी सुरुवात गरेका छन् । नेपाल मोडलले आयोजक भद्रकालीलाई ३०-२३ ले पराजित गर्‍यो । नेपाल मोडलको जितमा सौरव चौधरीले १४ अंकको योगदान गर्नुभयो । महेन्द्र पोखरेलको ६ अंकको सहयोगमा स्कोलर्स होम्सले टिआइएलाई २५-२४ को झिनो अन्तरले हरायो ।

सिनियर ब्वाइजमै गोल्डेन पिकले जुगललाई ४३-३२ तथा एचएचसिएले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३५-३२ ले पन्छाए । गोल्डेन पिकका विजय तामाङले १४ तथा एचएचसिएका हेमन्त मगरले १२ स्कोर गर्नुभयो ।

ADVERTISEMENT

हात्तीगौंडास्थित आयोजक भद्रकालीको कोर्टमा भइरहेको प्रतियोगिताको गल्र्समा एचएचसिएले भद्रकालीलाई २६-१७ ले निराश पार्‍यो ।
जुनियर ब्वाइजमा स्किब्सले भद्रकालीलाई २९-२२ तथा हिमालयन किङडमले इबिएलाई १८-१६ ले पाखा लगाए । स्किब्सका सोहन ठकुरीले १५ तथा हिमालयनका आदित्य श्रेष्ठले ६ अंक जोड्नुभयो ।

प्रतियोगिताको भद्रकालीकी संस्थापक अध्यक्ष सुनिता अधिकारी र संस्थापक कृष्णप्रसाद अधिकारीले एक कार्यक्रमबीच संयुक्तरूपमा उद्घाटन गर्नुभयो । प्रभु बैंकको मुख्य प्रायोजनमा फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १७, गल्र्समा नौ र जुनियर ब्वाइजमा १३ टिम सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *