काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा आयोजना हुँदै आएको लिम्बू भाषा, संस्कृतिमा बनेका चलचित्र र म्युजिक भिडियोको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७९’को पाँचौं सस्करणको मनोनयनमा परेका कलाकारलाई मनोनयन पत्र प्रदान गरिएको छ ।
अवार्डमा चलचित्रबाट अभिनेत्रीमा लक्ष्मी योङ्हाङ, विमला खजुम, अनुषा लिम्बु, अभिनेतामा टीकाराम लिम्बू माखिम, रुद्र पाहिम, तान्छोहाङ इङनाम, गायकमा सुसन साम्सोहाङ, टीका लिम्बू, सुमन लिम्बू, गायिकामा मेचु धिमाल, मनु नेम्वाङ, श्रेयसी चेम्जोङ, संगीतकारमा मान तबेबुङ, बुद्धराज लिम्बू, सैलेन्द्र नाल्बो, कथामा सागर केरुङ, टीका माखिम, सहनिर्देशकमा छवि कटवाल, चन्द्रप्रसाद घिमिरे, शृंगारमा रविना थापा तोलाङ्गी, अशोक मण्डल, निर्देशनमा दिनेश लिङ्देन, टीकाराम लिम्बू, छायांकनमा सुमन योञ्जन, कौसल राना, इशक जबेगु मनोनयनमा पर्नु भएको छ ।
त्यसैगरी म्युजिक भिडियोबाट अभिनेत्रीमा पुष्पाञ्जलि तिल्लिङ लिम्बू, केन्जल योङहाङ, रुविना लिम्बू अभिनेतामा पूर्ण सेलिङ, शैलेन्द्र नाल्बो, नन्दमान तुम्बापो, गायकमा सम्भु फोम्बो, डी.आर.हाङ्स्रुम्बा, नोगेन हाङ्स्रुम्बा, गायिकामा निरन्ता नेम्वाङ, गंगा सिङ्जाङ्गो लिम्बू, रुक्सना लिम्बू, गीत तथा संगीतमा रीता ठूली फोम्बो, शैलेन्द्र नाल्बो, येहाङ लावती, छायांकनमा सञ्जय आचार्य, भुपेन्द्र तुम्बाहम्फे, देवराज सिग्देल र निर्देशनमा हाङ चेम्जङ, दिनेश माङमु र सागर केरुङ हुनुहुन्छ ।
उप-सभामुख इन्दिरा रानामगरको प्रमुख आत्थियमा भएको कार्यक्रममा गायक तथा संगीतकार संगम लिम्बू र निर्माता तथा गीतकार शैलेन्द्रकुमार नाल्बोलाई सम्मान गरिएको थियो । फाल्गुनन्द लिङ्देन फिल्मस् अध्यक्ष तथा निर्देशक दिनेश लिङ्देनको सभापतित्वमा सम्पत्र उक्त मनोनयन पत्र वितरण कार्यक्रमलाई चलचित्र पत्रकार संघको उपाध्यक्ष दीपज्योति थापाले सहजीकरण गर्नुभएको थियो । अवार्डमा चलचित्र निर्देशक उदय सुब्बा, लिम्बू भाषाविद् याशेली योङहाङ र गायक तथा संगीतकार कुल्बा सुब्बा जुरी मण्डलमा हुनुहुन्छ ।







Breaking news with related posts