मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा सम्मान तथा पुरस्कार प्रदान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाज नेपालद्वारा विभिन्न व्यक्तिहरूलाई परस्कृत गरिएको छ । शनिबार नेपाल नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ साहित्य कक्षमा भएको कार्यक्रको प्रमुख अतिथि पूर्वमुख्यसचिव तथा साहित्यकार डा.विमल कोइराला रहनुभएको थियो भने विशिष्ठ अथितिमा प्राडा.खेमकोइराला बन्धु रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त, कार्यक्रमका आयोजकको प्रशंसा गर्दै उहाँले आफूलाई पूर्वमुख्यसचिव भने पनि लेख्न छोडेको निकै लामो समय भइसक्दा पनि पूर्वसाहित्यकार कसैले नभनेको भन्ने ठट्टा गर्दै साहित्यकारहरू चाहिँ कहिल्यै पनि भूतपूर्व नहुने भएका कारण सहित्य लेखन प्रशंसनीय कार्य भएको विचार व्यक्त गर्नुभयो ।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपालकी सचिव कल्पना बरालको स्वागत मन्तव्य र साहित्यकार तथा समाजका उपाध्यक्ष कलानिधि दाहालको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सञ्चालन साहित्यकार भैरवी भूगोलले गर्नुभएको थियो । मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका संस्थापक अध्यक्ष हरिभक्त सिग्देल महेशको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि डा.कोइरालाले पानसमा दीप प्रज्ज्वलन गरेर गर्नुभएको थियो ।

उक्त कार्यक्रममा अनुश्री आचार्य, प्राडा. कुसुमाकर न्यौपाने, पत्रकार कृष्ण भुसाल, पूर्वसचिव गोपी मैनाली, प्रा.डा.जीवन अधिकारी, सहित्यकार तथा पत्रकार त्रिभुवनचन्द्र वाग्ले तथा साहित्यकार दुर्गाकिरण तिवारी सम्मानित तथा पुरस्कृत हुनुभएको थियो । यसैगरी पुरस्कृत हुने अन्य व्यक्तिहरूमा प्राडा.देवी नेपाल, पं.रामचन्द्र तिमिल्सिना, प्राडा. रामप्रसाद ज्ञवाली, साहित्यकार रामप्रसाद पन्त, विजय चालिसे, विमला पोख्रेल, वियोगी बुढाथोकी, पं.श्रीराम अधिकारी तथा नायक ताराबहादुर गुरुङ रहनु भएको थियो भने महेश रिजाल, श्रवणकुमार मल्ल ठकुरी तथा सोहन थापा मगरलाई कदरपत्र प्रदान गरिएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको त्रैमासिक साहित्यिक पत्रिका ‘मुक्तिनाथ दर्शन’ को लोकार्पण तथा संस्थाको लोगो वितरणसमेत गरिएको थियो । कार्यक्रमको अन्त्यमा सभापति हरिभक्त सिग्देलले उक्त कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सभा विसर्जन गर्नुभएको थियो ।

हिटा कर्मी कृष्ण भुसाललाई आनन्ददेव भट्ट स्मृति साहित्यिक पत्रकारिता पुरस्कार तथा सम्मान
हिटाकर्मी कृष्ण भुसाललाई आनन्देव भट्ट स्मृति साहित्यिक पत्रकारिता पुरस्कार तथा सम्मान अर्पण गरिएको छ । विशिष्ट साहित्यकार आनन्ददेव भट्टको स्मृतिमा प्राडा. अर्जुनदेव भट्टले स्थापना गर्नुभएको पन्ध्र हजार रुपैयाँ राशीको सो पुरस्कार हिटाकर्मी भुसाललाई प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित विशेष समारोहमा प्रदान गरिएको हो ।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौंको सम्मान तथा पुरस्कार छनौट समितिले भुसालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । भुसालले विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा पुर्‍याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त पुरस्कार र सम्मान अर्पण गरिएको हो ।

साहित्यकार तथा पूर्वमुख्यसचिव विमल कोइरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समारोहमा विभिन्न विधाका अन्य १५ जना व्यक्तित्वलाई पनि सम्मान तथा पुरस्कार अर्पण गरिएको थियो । उक्त समारोहमा पुरस्कार स्थापना गर्ने व्यक्तित्व र सहयोग पुर्‍याउने संस्थालाई सम्मान र कदरपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *