‘लक्की फिल्मी अवार्ड’ हुने

Read Time = 1 min

चितवन । ‘लक्की फिल्मी अवार्ड’को आयोजना हुने भएको छ । लक्की मिडिया हाउसले ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी सुरु गरेको हो । चलचित्र उद्योगको प्रबद्र्धन, प्रोत्साहन, कलाकारलाई हौसला प्रदान गर्न आयोजना गरिएको अवार्ड वितरण कार्यक्रमको तयारी स्वरूप आयोजकले प्रचारप्रसारको काम थालेको छ । यहीक्रममा फिल्मी अवार्डको प्रचार सामग्री ‘स्टिकर’ सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको मुख्य कार्यालय भरतपुरमा प्रचार सामग्री सार्वजनिक गरिएको हो ।

ADVERTISEMENT

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ सर्जन डा.गंगा सापकोटा, फरेष्ट टेक्निसियनस् एसोसियसन अफ नेपालका अध्यक्ष गोविन्दराज पाण्डे, लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’, कार्यक्रम संयोजक राजेश शर्मा आचार्यले संयुक्त रूपमा प्रचार सामग्री सार्वजनिक गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *