लोकदोहोरी गायक भीम पौडेलको निधन

Read Time = 1 min

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ ।

चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाको शिखरमा पुग्नुभएका स्याङ्जाका गायक पौडेलको बिहीबार राति करिब ११ः२० मा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार गायक पौडेल केही समययता डिप्रेशनमा हुनुहुन्थ्यो । यद्यपि, उहाँको मृत्युको कारण भने खुल्न बाँकी छ ।

ADVERTISEMENT

गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाटमा ल्याइ लोकदोहोरी क्षेत्रका व्यक्ति तथा उहाँका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेको बताइएको छ ।

स्याङजा खुदी घर हुनुभएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो ।

पछिल्लो समय लाइभ दोहोरीमा लोकप्रिय रहनुभएका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षति बेहोरेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *