फिफा महिला विश्वकपको बल सार्वजनिक

Read Time = 1 min

जेनेभा । सन् २०२३ फिफा महिला विश्वकप प्रतियोगिताको आधिकारिक बल अष्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ । सह–आयोजक अष्ट्रेलिया र न्युजिल्याण्डको संस्कृतिलाई स्मरण गर्दै खेलको बललाई ओसिआउन्ज नाम दिइएको छ ।

यसको डिजाइन दुई आयोजक राष्ट्रहरूको अद्वितीय प्राकृतिक परिदृश्यबाट प्रेरित भएर गरिएको बताइएको छ । बलमा आदिवासी कलाकार चेर्नी सटन र माओरी कलाकार फियोना कोलिसले डिजाइन गर्नुभएको छ ।

ADVERTISEMENT

ओसिआउन्जले पनि फिफा विश्वकप सन् २०२२ मा म्याच बल जस्तै जडान गरिएको प्रविधिलाई अंगालेको छ जसले म्याच अधिकारीहरूलाई तत्काल डेटा प्रदान गर्दछ । सन् २०२३ महिला विश्वकप जुलाई २० मा सुरु हुनेछ र उद्घाटन खेलमा न्युजिल्याण्डले नर्वेसँग खेल्नेछ । उक्त खेल अगष्ट २० मा सिड्नीमा समापन हुनेछ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?