आफ्नै पहिरनका कारण घर नपाएको उर्फीको भनाइ

Read Time = 1 min

मुम्बई । अभिनेत्री उर्फी जावेद आफ्नो ‘फेसन सेन्स’ र फरक ‘आउटफिट’का कारण चर्चामा रहने गर्नुहुन्छ । उहाँ आफ्नो असामान्य लुगाका कारण धेरैपटक ‘ट्रोल’ पनि हुनुभएको छ । तर, उर्फीले यस्ता कुराको वेवास्ता गर्दै इन्स्टाग्राममा नयाँ-नयाँ पोष्ट गर्नुहुन्छ ।

सधैं चर्चामा रहने उर्फीले यतिबेल भने आफू बस्ने घर नपाएको भन्दै ट्वीट गर्नुभएको छ । बस्ने घर नपाउनुमा उहाँले आफ्नो पहिरन सेन्सलाई उल्लेख गर्नुभएको छ । ‘मुस्लिम घर मालिकहरू मेरो पहिरन शैलीका कारण घर दिन मानेका छैनन् । त्यस्तै हिन्दू मालिकहरू मलाई मुस्लिम भएको भन्दै घर दिन मानिरहेका छैनन् । केहीले भने मलाई आइरहने राजनीतिक धम्कीका कारण घर दिन मानिरहेका छैनन्’, उहाँले ट्वीट गर्नुभएको छ ।

ADVERTISEMENT

उर्फी प्रायः आफ्नो पहरिनका चर्चामा आइरहनुहुन्छ । अहिले बस्नका लागि घर खोजिरहनुभएकी उर्फीलाई त्यही पहिरन समस्या बनेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *