अश्विनीलाई राष्ट्रिय ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफर सम्मान

Read Time = 3 mins

काठमाडौं । नेपालको मोडलिङ उद्योगमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै चौथो एपिक नेपाल म्युजिक अवार्ड समारोहमा चर्चित फेशन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई सम्मान गरिएको छ ।  भक्तपुरको मध्यपुरथिमी नगरपालिकाको दुई पोखरीमा आयोजित अवार्ड समारोहमा नेपालको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अश्विनीलाई व्यक्तिगत रूपमा बधाई दिँदै उहाँको उपलब्धिको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री ओलीले अश्विनीलाई सम्मान पत्र प्रदान गर्दा मानवसेवा आश्रमका संरक्षक तथा ओलीकी धर्मपत्नी राधिका शाक्य, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, मध्यपुरथिमी नगरपालिकाका पूर्वमेयर मदनसुन्दर श्रेष्ठ, वरिष्ठ अभिनेत्री गौरी मल्ल र वसुन्धरा भुसाल पनि उपस्थित थियो ।

ADVERTISEMENT

‘राष्ट्रिय सौन्दर्य प्रतियोगिता र फेसन कोरियोग्राफर सम्मानले मेरो पोर्टफोलियोलाई सजाएको छ र आगामी दिनमा थप मिहिनेत गर्ने ऊर्जा दिएको छ’, झाले आफ्नो मन्तव्यमा भन्नुभयो । उहाँले कला र कलाकारको उत्थानमा देखाएको मायाका लागि आयोजक एपिक नेपाल, सहआयोजक सूर्यविनायक नगरपालिका र मध्यपुरथिमी नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक र जनस्तरको सम्मानले उहाँ जस्ता कलाकार र युवा पुस्तालाई नेपालमा फेशन-प्यान्ट्री क्षेत्रलाई उत्प्रेरित गर्न र उत्थान गर्न प्रोत्साहित गर्नेछ । उहाँले आफ्नो ग्रुमिङ क्लास मोडलमा मात्र सीमित नभई फेशन डिजाइनिङ र स्टाइलिङ उद्योगमा आफ्नो भविष्य खोज्ने व्यक्तिहरूका लागि उत्तिकै फाइदाजनक रहेको बताउनुभयो ।

चौथो एपिक नेपाल म्युजिक अवार्डले तीन दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रमा उत्कृष्ट योगदान पुर्‍याएका महानायक राजेश हमाललाई पनि महानायक सम्मान प्रदान गरेको थियो । कार्यक्रममा वरिष्ठ रंग पत्रकार प्रकाश सुवेदीलाई वरिष्ठ चलचित्र पत्रकार सम्मानले सम्मानित गरिएको थियो भने गोपीकृष्ण चापागाईंलाई युवा पत्रकार सम्मान प्रदान गरिएको थियो । समारोहमा सांगीतिक क्षेत्रका आ–आफ्ना विधाका विजेतालाई विभिन्न अवार्ड प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?