ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न

Read Time = 5 mins

काठमाडौं । अनुराधा फिल्मस् इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न भएको छ । पूर्वबागमती प्रदेश मुख्यमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न अवार्डमा प्रदेश-१ प्रदेशसभा सदस्य डोल्मा तामाङ, नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, परिवर्तन नेपालका अध्यक्ष तथा वरिष्ठ चलचित्रकर्मी मोहन निरौला रहनु भएको थियो ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, वरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, वरिष्ठ अभिनेत्री रेजिना उप्रेती, सञ्चिता लुइँटेल, नायक सविन श्रेष्ठ, पत्रकार निर्देशक माधवराज खरेल विशेष अतिथि रहनुभएको थियो भने कार्यक्रममा अन्य कलाकारलागायत विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

गत वर्षदेखि सुरु भएको यस अवार्डमा यस वर्ष पनि सुन्दरताको क्षेत्रमा योगदान पुर्‍याएका पार्लर, ब्युटी ट्रेनिङ सेन्टर, सौन्दर्य व्यवसायसँग आबद्ध सम्पूर्ण विधा-मेकअप, हेयर, नेल, फेसियललगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनी, फेसन मोडल र फेसन बुटिकलाई अवार्ड तथा सम्मान प्रदान गरिएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष तथा आयोजक रेणु शाक्य रानाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

सौन्दर्यकला क्षेत्र हरेक व्यक्तिका लागि अपरिहार्य भइसकेको हुँदा नेपाली सौन्दर्यकला व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन तथा सौन्दर्यकर्मीहरूको पेशालाई सम्मान गर्दै उनीहरूको काम र व्यक्तित्वलाई निखार्दै जाने सोच रहेको बताउनुभयो । नेपालमा बढ्दै गइरहेको सौन्दर्यकलाप्रतिको लगावलाई व्यवस्थित गर्ने, पार्लर व्यवसायलाई छुट्टै उचाइमा पुर्‍याउन सकिने सोच छ ।

ब्युटिसियन अवार्डको महत्वलाई अझ फराकिलो बनाउँदै सम्पूर्ण सौन्दर्यकर्मीको मनोबललाई उच्च बनाई पार्लर तथा कस्टमेटिक व्यवसायलाई उद्योगको रूपमा स्थापना गर्ने हेतुले विभिन्न ३१ विधामा अवार्ड र सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पु¥याएका ४१ जना सौन्दर्यविद, सौन्दर्यकर्मी, पत्रकार, समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वलाई सम्मान गरिएको साहरा ब्युटि होम एण्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष तथा आयोजक रचना शाक्यले जानकारी दिनुभयो ।

कार्यक्रमको संयोजकत्व सञ्चारकर्मी कलाकार तथा निर्देशक सूर्य चन्दले गर्नुभएको थियो भने प्रमुख सल्लाहाकारमा गीतकार, निर्मात्री तथा साहित्यकार अनु शाह रहनुभएको थियो । त्यस्तै अवार्ड संरक्षक डा. डिबी रानापाल रहनुभएको छ । अवार्ड कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दीपज्योति थापाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?