झाको एकल गीतिसंग्रह ‘झिलमिल सितारा’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गायिका दीपा झाको एकल गीतिसंग्रह ‘झिलमिल सितारा’ सार्वजनिक भएको छ । राजधानीमा भएको एक विशेष समारोहमा संगीतकार शम्भुजित बास्कोटा, गीतकार एसपी कोइराला, संगीतकार आलोकश्री, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा र गायिका दीपा झाले संयुक्त रूपमा एल्बम सार्वजनिक गर्नुभएको हो

ADVERTISEMENT

एसपी कोइराला, मुकुन्दराज शर्मा, आलोकश्री, तीर्थ श्रेष्ठ, नारायण खतिवडा, टेक तामाङ र अनिता प्रधानको शब्द रचना रहेको एल्बममा दीपाले दुईवटा गीतमा श्रीमान् उदितनारायण झा र एउटा गीतमा छोरा आदित्यनारायण झासँग युगल स्वर दिनुभएको छ । कार्यक्रममा एल्बममा समावेश गीत ‘हे माया’को भिडियोसमेत प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *