आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङको सेवा विस्तार तथा सम्मान

Read Time = 5 mins

काठमाडौं ।

आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङको सेवा विस्तार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यतामा एक विशेष समारोहबीच मानवता र राष्ट्रका लागि केही गरौं भन्ने उद्देश्यले स्थापना गरिएको आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलङ सर्भिसेज प्रा.लि.को सेवा विस्तार तथा सम्मान कार्यक्रमम सम्पन्न भएको हो ।

बीसौं संघसंस्थाहरूका प्रमुख एवं विभिन्न पदाधिकारीको आतिथ्यता र समुपस्थितमा कम्पनीको नयाँबानेश्वरमा रहेको कार्यकक्षमा भएको कार्यक्रममा प्रमुख अतिथिबाट सातजना पत्रकारलाई गीता पौडेल आत्रेय स्मृति प्रज्ञा पुरस्कार तथा सम्मान अर्पण गरिएको थियो । पाँच हजार पाँच रुपैयाँको नगद राशीसहित पुरस्कृत तथा सम्मानति हुनेहरूमा राधा चालिसे, कृष्ण भुसाल, शम्भु ढुंगाना, विद्या राई, गीता अधिकारी भूमिकला पौडेल र दिपेन्द्र प्रकाश केसी रहनुभएको थियो ।

उक्त समारोहमा वरिष्ठ शिक्षाविद् प्रा.डा. कोइराला, सहप्राध्यापक डा.तारानाथ घिमिरे, वरिष्ठ अधिवक्ता जगनप्रसाद फुयाँल, सहप्राध्यापक दिननाथ पण्डित, पूर्वकोर्डिनेटर नेपाल राष्ट्र बैंक खगेन्द्र गौतम, विश्व पञ्चांग निर्णय संघका अध्यक्ष ज्यो.पं.नारायणप्रसाद नेपाल, महासचिव गोविन्द सापकोटा, गायत्री ज्योतिष तथा वास्तु सेन्टर प्रमुख ज्यो.पं.बलराम खकुरेल, पाथीभरा आयुर्वेदिक अस्पताल प्रमुख बीपी तिम्सिना, गुरुकुल योगाश्रम प्रमुख रमेश सिटौलालाई सम्मानति गरिएको थियो ।

ADVERTISEMENT

यस्तै, अमृत क्याम्पसका उपप्राध्यापक विष्णु मिश्र, डाइमण्ड शमशेर साहित्यिक प्रतिष्ठानका हेमांगराज गिरी, विश्व हिन्दू युवा संघका अध्यक्ष ऋषिकेशजंग शाह, बैजनाथकुमार मल्लिक, मुन्ना लामा, ज्योति महिला संसार उत्पादन सहकारी संस्था लि, केशव भट्टराई, दीपक कोइराला, श्यामलाल अर्याल र नेपाल सांस्कृतिक संघका महामन्त्री गणेशप्रसाद सुवेदीलाई सम्मान अर्पण गरिएको थियो ।

आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङका अध्यक्ष तथा प्रबन्ध निर्देशक डिपी आत्रेयले जटिलबाट साधारणतिरको व्यवस्थापनमा यो संस्थाले कार्य गर्ने बताउनुभयो । आफ्नो लामो अनुभव र ३३ वर्षको खोज अनुसन्धानबाट हामी विश्व गुरु बन्न सक्छौ भन्ने अभिप्रायले आफूले विभिन्न कार्य गर्दै आएको उहाँले जानकारी गराउनुभयो ।

प्रमुख अतिथि र अतिथिहरूले आत्रेयका कार्यको प्रशंसा गर्दै उहाँलाई यसका लागि बधाई तथा शुभकामना दिनुभएको थियो । उहाँहरूले आत्रेयका कार्यले देशकै गौरव बढाउन सक्ने भन्दै यसका लागि आ-आफ्नो ठाउँबाट सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । काउन्सिलिङका अध्यक्ष तथा प्रबन्ध निर्देशक आत्रेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण गीतकार तथा निर्देशक गणेश सुवेदीले गर्नुभएको थियो ।
तस्वीरः कृष्ण पाण्डे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *