बेनीघाट रोराङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड तथा चौथो शहीद स्मृति बृहत् खेलकुद प्रतियोगिता २०७९ हुनेभएको छ । आगामी माघ ३ गतेबाट माध्यमिक विद्यालयहरूका लागि स्थानीय तहस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड तथा चौथो शहीद स्मृति बृहत् खेलकुद प्रतियोगिता २०७९ हुन लागेको हो ।

ADVERTISEMENT

प्रतियोगिताका लागि बेनीघाट रोराङका दुईवटा निजीसहित १२ वटा माध्यामिक विद्यालय सहभागी हुने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बोधराज पाठकले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट जिल्लाका लागि उत्कृष्ट खेलाडी छनोट गरिनेछ । खेलकुद क्षेत्रको विकास गर्न गाउँपालिकाले यसअघि विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *