‘काका हरायो’ भन्दै श्रीकृष्ण

Read Time = 1 min

काठमाडौं । हाँस्य व्यंग्यात्मक गीतसंगीत सिर्जना गरेर बोके दारीको पहिचान बनाउनुभएका श्रीकृष्ण लुइँटेलको नयाँ गीत ‘काका हरायो’ सार्वजनिक भएको छ । आफ्नै संगीतमा लुइँटेलले ‘काका हरायो’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको हो ।

उहाँले आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो श्रोता/दर्शकमाझ ल्याउनुभएको हो । लुइँटेलसँगै गीतमा मनिषा पोखरेलको पनि स्वर रहेको छ । यो गीतको रचनाकार अच्युत अधिकारी (ब्याए भुटान) हुनुहुन्छ ।

ADVERTISEMENT

बालबालिकाका पहिलो गुरु आफ्नै आमा-बुबा रहेको र विद्यालय घर भएकाले उनीहरूको संस्कारको सुरुवात पनि आफ्नै घर र अभिभावकमार्फत हुने सन्देश दिनका लागि यो गीतको भिडियोको परिकल्पना गरिएको लुइँटेलले जानकारी गराउनुभयो ।

लुइँटेलका यसअघि ‘ए बाउ किन्देउ न भट्भटे’, ‘बोकेदारी’ लगायत थुप्रै गीतले उनलाई हाँस्य व्यंग्य गायकका रूपमा स्थापित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?