मोरङ । बेलबारी नगरको भूगोल, सम्पदा, धार्मिक आस्था, जातजाति र संस्कृतिलाई शिरोपर गरी, पर्यटन विकासमा समर्पण गीत ‘मोरङ जिल्ला बेलबारी नगर, गाउँ राम्रो हाम्रो हजुर, माया गर्ने मायालुलाई, ज्यानै दिन्छौ हामी हजुर ।’ र वरिष्ठ साहित्यकार रोचक घिमिरेद्वरा सम्पादन, बेलबारी विशेषांकद्वय माषिक पत्रिका ‘रचना’ सार्वजनिक गरिएको छ । बेलबारी नगरपालिका कार्यालयको सभा हलमा एक कार्यक्रमबीच यी दुई सिर्जना सार्वजनिक गरिएको हो ।
सेवा रेकर्डिङ स्टुडियो अनामनगरमा स्वराङ्कन गरिएको, बालक गुरुङद्वारा रचना र संगीतबद्ध, पदम राजनको संगीत संयोजन, रेकर्डिष्ट योगेन राई र मुश्कान राईको मिक्सिङ मास्टरिङ रहेको ‘मोरङ जिल्ला बेलबारी नगर’ बोलको गीतमा राजेशपायल राईको मुख्य स्वर रहेको छ भने गायिका खुशी थुलुङ र सविना योङहाङको सहयोगी स्वर छ । छायांकन दृश्यमा उपेन्द्रकुमार राईको नृत्य निर्देशन र चलचित्र निर्देशक भीम लामाको निर्देशन छ । यसको भिडियोमा यूशान राई, सञ्जिता रसाइली, अभिनास मगर, निमा तामाङ, विवेक तामाङ, सारिका धिमाल, प्रसिदिका धिमाल, जिया क्षेत्री, समीर धामी, स्मृति धिमाल र इमान एञ्जिलिना लिम्बूको अभिनय छ ।
गीत र छायांकनले बेलबारी नगरको समग्र पर्यटकीय विकासमा सेवा पुर्याउने उद्देश्यकासाथ नगरको भूगोल, सम्पदा, धार्मिक आस्था, मनोरञ्जनात्मकस्थल, जातजाति र संस्कृतिलाई उजागर गरेको छ । साहित्यकार कुलप्रसाद बरालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम बेलबारी नगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष रेखा सुवेदीले सभापतित्व गर्नुभएको थियो भने प्रतिष्ठानका उपाध्यक्ष अजितकुमार धिमाल र हिमांशु रायले कार्यक्रमको विषयमा प्रकाश पार्दै स्वागत मन्तव्य दिनुभएको थियो ।
प्रमुख अतिथि रहनु भएका बेलबारी नगरप्रमुख दिलप्रसाद राई र विशेष अतिथि पूर्वमाननीय हर्कमान तामाङसँगै अन्य अतिथिले ‘मोरङ जिल्ला बेलबारी नगर बोलको छायांकन गीत दृश्य’ र बेलबारी नगरका स्रष्टा सर्जकहरूको साहित्य सिर्जना समेटिएको रचना दृश्य मासिक बेलबारी विशेषांकको सार्वजनिक गर्नुभएको थियो । गीतको छायांकन दृश्य र रचना द्वय माषिक सार्वजनिक गरिएपश्चात् प्रमुख अतिथि राई र विशिष्ट अतिथि तामाङले मोरङ जिल्ला बेलबारी नगर बोलको गीत र साहित्यमय पत्रिका रचनाले बेलबारी नगर र यहाँका स्रष्टालाई विश्वभर नै चिनाउने महत्वपूर्ण सिर्जना रहेको बताउनुभएको थियो ।
त्यसैगरी, गीत र रचना पत्रिकाले बेलबारी नगरको चिनारी, गीतसंगीत साहित्य सम्मान र विकासमा महत्वपूर्ण भूमिका रहने विश्लेषण गर्दै गायिका एवं संविधानसभा सदस्य मधु गुरुङ, समाजसेवी एवं वरिष्ठ साहित्यकार इरान राई, साहित्यकार/गीतकार एवं प्राज्ञ गंगा सुवेदी, अन्वेषक अनिल पौडेल, स्रष्टा समाजका अध्यक्ष एवं वरिष्ठ साहित्यकार जेवि थुलुङले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गायक सञ्जीव धिमालले आफनो सुमधुर स्वरमा गीत प्रस्तुत गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रम सभापति रेखा सुवेदीले कार्यक्रमको महत्व दर्शाउँदै सहभागी स्रष्टा सर्जक, साहित्यकार, कलाकार, पत्रकार, उपस्थित व्यक्तित्वलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts