फोहोरजन्य पदार्थ जलाउने कार्यको विरुद्ध नाटक ‘सचेत’ निर्माण

Read Time = 2 mins

काठमाडौं । वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग र सुप्रिम म्युजिक एण्ड फिल्मस् प्रा.लि.को सहकार्यमा खुला रूपमा फोहोरजन्य पदार्थ जलाउने कार्यको विरुद्ध आमजनतालाई सन्देश प्रवाह गर्ने उद्देश्यका साथ रेडियो नाटक ‘सचेत’ निर्माण भएको छ ।

धारावाहिक रेडियो नाटक सचेत डिल्लीबजारस्थित हारमुनिक स्टुडियोमा रेकर्डिङ भएको हो । नाटक सचेत दश भाग निर्माण भएको र प्रशारणपछि यसले खुला रूपमा फोहोरजन्य पदार्थ जलाउने कार्यलाई निरुत्साहित गर्नेमा नाटकका लेखक रामकाजी घिमिरे ढुक्क रहेको बताउनुहुन्छ ।

ADVERTISEMENT

नाटकमा स्वरांकन गर्ने कलाकारहरूमा मोहन निरौला, सुभाष गजुरेल, उत्तम केसी, मञ्जु श्रेष्ठ, कृष्ण ढुंगाना, मुकुन्द मैनाली, शिवशंकर रिजाल, राधा श्रेष्ठ, विश्वदीप घिमिरे, सोनिका बास्तोला, शम्भुप्रसाद ढुंगाना, सचिता बुडाथोकी, प्रेम शर्मा पौडेल, विश्वराम विष्ट, नारायण चालिसे र बालकलाकारमा शान्भिथा ढुंगानाको अभिनय छ ।

दश भागको यस नाटक काठमाडौं शहरलाई लक्षित गरी निर्माण गरिएको हो । यो नाटक सुनेपछि उपत्यकाभित्रको कुनै पनि ठाउँमा फोहोर जलाउने काम बन्द हुने र उपत्यकाको वायु प्रदूषण कम भई वातावरण स्वच्छ तुल्याउन उपत्यकावासी नै जागरुक हुने नाटकका एक कलाकार शम्भुप्रसाद ढुंगानाको भनाइ छ । चाँडै नै रेडियोमा प्रशारण हुने यो नाटकको निर्देशन रामकाजी घिमिरे र हिमाल उप्रेतीले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?