काठमाडौं । युएईमा हुने आइसिसी यु-१९ एसिया कप क्वालिफायर (डिभिजन १ छनोट) को लागि नेपालले २८ सदस्य खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएको छ । एक महिनाअघि काठमाडौंमा सम्पन्न वाई वाई यु–१९ राष्ट्रिय प्रतियोगिताको आधारमा नेपाल क्रिकेट संघ (क्यान)ले २८ सदस्य टोली प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षण मंगलबारदेखि काठमाडौंमा सुरु हुने क्यानले जनाएको छ ।
बन्द प्रशिक्षणका लागि घोषित टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापामगर, अनुराग सिंह, मिलन बोहरा, गोविन्द विक, योगेश भाट, प्रतीक श्रेष्ठ, दीपक बोहरा, दीपेश कंडेल, निर्मल गुरुङ, सुवास भण्डारी, नरेन साउद, हेमन्त धामी, आकाश चन्द, दुर्गेश गुप्ता, राकेश यादव, गुलशन झा, सक्रिय कार्की, विपिन महतो, दीपक डुम्रे, प्रज्वल थापा, मयन यादव, विशाल विक्रम केसी, युनिससिंह ठकुरी, दीपक बोहरा, देव खनाल र तिलकराज भण्डारी हुनुहुन्छ ।
नेपालले फेब्रुवरीमा युएईमा गएर एसिया डिभिजन एक खेल्नेछ । डिभिजन एक छनोटमा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकप खेल्न पाउनेछ ।
आयोजक श्रीलंकासँगै, अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्टइन्डिज र जिम्बावे स्वत छनोट भएका छन् । बाँकी पाँच टोली विभिन्न क्षेत्र छनोटका विजेता हुनेछन् । नेपाल विश्वकप जित्न डिभिजन १ को विजेता हुनुपर्ने हुन्छ । हङ्कङ र सिंगापुर डिभिजन दुई बाट एकमा बढुवा भएका हुन् । नेपालले २०१६ पछि यु–१९ विश्वकप खेल्न सकेको छैन ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts