डा. भोला रिजालको ‘केही छिनको मस्तीले…’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । अग्रज चिकित्सक एवं गीतकार/गायक डा.भोला रिजालले आफ्नो रचनामा नयाँ गीत ‘केही छिनको मस्तीले‘’ को भिडिओ दर्शकमाझ ल्याउनुभएको छ । ‘लागू पदार्थ दुव्र्यसनीरहित समाज निर्माणका लागि सम्पूर्ण विश्वभरिका मानव जातिहरू एकजुट बनौँ’ भन्ने नारासहित गीतकार रिजालकै आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

मुलत तन्नेरी पुस्ता केही छिनको मस्तीमा लागूऔषधको लतमा फस्ने गरेका छन् । यसले परिवार र समाजमा निम्त्याउने विकृति विसंगति र आपराधिक गतिविधिलाई रोक्न र लागूऔषधको दूव्र्यसनीबाट बच्न यो गीत र भिडियोले प्रेरणा दिन्छ । यो गीतमा मनोहर सुनामको संगीत तथा संगीत संयोजन रहेको छ । गीतमा स्वरूपराज आचार्य, हिमाल सागर, रिमा गुरुङ र विष्णु चेम्जोङले स्वर दिनुभएको छ ।

ADVERTISEMENT

गीतको भिडियोलाई सम्पादक वीरेन्द्र भाट विपिनले क्रियटिभ निर्देशन गर्नु भएको छ । उहाँले लागूऔषध दुव्र्यसनीहरूको समस्या र त्यसबाट बच्ने उपायलाई निकै राम्ररी भिडियोमा उतार्नुभएको छ । भिडियोमा वीरेन्द्र भाट विपिनकै छायांकन र सम्पादन पनि छ ।

याम गुरुङको निर्देशन रहेको यस म्युजिक भिडिओमा सञ्चिता लुइँटेल, कृष्णभक्त महर्जन, रमेश सोडारी, जंगमणि घिमिरे, वसन्तराज कुँवर, सरला रिजाल, नानीमैया अधिकारी, खेम बा, पारस पौडेल, रोशनी सुवेदी, लक्ष्मण खड्का, एभन घिमिरेलगायत कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *